सर्वाेत्तम सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र

शुक्रबार, २५ असार, २०७८
डिजिटल संस्करण

सर्वोत्तम सिमेन्ट लिमिटेडले गुणस्तर तथा नापतौल विभागबाट ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले पाल्पा तथा चितवनको चुनढुंगा मिश्रणबाट उत्पादन गर्दै आएको सिमेन्टले गुणस्तर चिह्न प्राप्त गरेको हो । 

कम्पनीले प्रयोग गर्दै आएको चुनढुंगा उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । यो नेपालमै उत्पादन हुने सिमेन्टहरूमध्ये उत्कृष्ट ग्रेड रहेको कम्पनीको दाबी छ । धेरैभन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल भएकाले ठूला परियोजनामा समेत यो सिमेन्ट प्रयोग भएको जनाइएको छ । 

यो सिमेन्ट महत्वपूर्ण आधारस्तम्भ, गौरवशाली आयोजना तथा धरहरा, सिंहदरबार, नागरिक लगानी कोष भवन तथा वीर अस्पतालको निर्माणमा समेत उपयोग हुँदै आएको कम्पनीले जनाएको छ । 

सुझावित समाचार