सुजिता भण्डारीको रहस्यमय मृत्युको गहिरो अनुसन्धान र दोषीलाई कारबाही गर्न कांग्रेसको माग

सोमबार, २१ असार, २०७८
डिजिटल संस्करण

कांग्रेसले पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढंगले भएको मृत्युको गहिरो अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न माग गरेको छ । नौ दिनसम्म नभेटिनु, कसैको नियन्त्रण र अपहरणमा परेको सूचना दिएपछि पनि खोज–अनुसन्धानले परिणाम हासिल नगर्नु र अन्तिममा जंगलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको कांग्रेसले बताएको छ । 

प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति निकालेर भनेका छन्, ‘देशको विभिन्न भागमा महिलाउपर अनेक प्रकृतिका हिंसा र हत्याका घटना पटक–पटक भएका छन् । यो प्रवृत्तिलाई निरुत्साहित गर्न र सामाजिक परिवर्तनका लागि गम्भीर राष्ट्रिय विमर्श गर्न जरुरी भइसकेको छ । घटनाहरूको गहिरो अनुसन्धान र कारबाहीका लागि राज्य प्रशासनको गम्भीर तदारुकता पनि झनै विशेष बन्न बनाउन अत्यावश्यक भएको छ । पूर्वी चितवनको घटनाको गहिराइसम्म पुगेर अनुसन्धान गर्न माग गरिरहँदा नेपाली कांग्रेस यो प्रश्नमा पनि सबैको ध्यानाकर्षण गराउँदछ ।’
 

सुझावित समाचार