कलंकीमा निसान र ड्याटसनको नयाँ सोरुम

सोमबार, २१ असार, २०७८
डिजिटल संस्करण

निसान र ड्याटसन मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले कलंकीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । निसान र ड्याटसनको आधिकारिक डिलर मेगा मोटर्सले महाराजगन्ज र बालकुमारीपछि तेस्रो सोरुमका रूपमा उक्त सोरुम सञ्चालन गर्ने भएको हो । 

पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप सारडाले कलंकीको नयाँ सोरुम सञ्चालनमा आएसँगै निसान तथा ड्याट्सनका ग्राहककेन्द्रित सेवा विस्तारमा थप सहजता हुने बताए । नयाँ सोरुम विस्तारसँगै उपत्यकाको कुनै पनि ठाउँका ग्राहकलाई सजिलैसँग सेवा प्रदान गर्न सकिने उनको भनाइ छ ।

काठमाडौं उपत्यकाको बढ्दो मागलाई मध्यनजर गर्दै सहज आपूर्तिको लक्ष्यसहित यो सोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । उक्त सोरुमबाट पनि निसानको नयाँ लोगो भएको ‘बिग बोल्ड ब्युटिफुल’ म्याग्नाइट खरिद गर्न सकिने जनाइएको छ ।

सुझावित समाचार