इनआइबिएल एस क्यापिटल र देवयानी इन्टरनेसनलबीच सम्झौता

आइतबार, २० असार, २०७८
डिजिटल संस्करण

नेपालमा केएफसी, पिजा हट तथा क्रिमबेल आइसक्रिमजस्ता अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड सञ्चालन गरिरहेको देवयानी इन्टरनेसनल नेपाल प्रालिले आफ्ना कर्मचारीलाई प्रत्येक महिना तलबको केही अंश सहभागिता फन्डमा लगानी गरिदिने भएको छ ।

लगानी सम्बन्धमा एनआइबिएल म्युचुअल फन्डअन्तर्गतका योजनाहरूको योजना तथा डिपोजिटरी रहेको एनआइबिएल एस क्यापिटलसँग सम्झौता गरेको हो । देवयानी इन्टरनेसनलले एनआइबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फन्डको ‘कर्पोरेट पेरोल एसआइपी’अन्तर्गत व्यवस्थित लगानी योजनाका लागि सम्झौता भएको जनाएको छ । 

योजनाअन्तर्गत देवयानी इन्टरनेसनल नेपाल प्रालिका कर्मचारीले मासिक रूपमा आफ्नो तलबको केही अंश एनआइबिएल सहभागिता फन्डमा व्यवस्थित लगानी हुने जनाइएको छ । 
सम्झौतामा देवयानी इन्टरनेसनलका नायब महाप्रबन्धक ऋतुराज शाह र क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेको क्यापिटलले जनाएको छ । 

सुझावित समाचार