पूर्वी चितवनमा बाढीले पुल बगायो, मुग्लिन–नारायणगढ सडक अझै खुलेन

बिहिबार, १७ असार, २०७८
डिजिटल संस्करण

लगातारको वर्षाको कारण पूर्वी चितवनको लदरी खोलाको पुल बाढीले बगाएको छ । लदरी खोलामा आएको बाढीले चितवनको खैरहनी नगरपालिकामा पर्ने पक्की पुल भाँचिएर बगाएकाे हो ।

पुल भाँचिएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । बाढीका कारण  सौराहा र आसपासका क्षेत्रसमेत प्रभावित बनेका छन् । नदीमा पानीको बहाब बढ्दै गएपछि सौराहाका राप्तीछेउका होटेलले आफ्नो सामान सुरक्षित स्थानमा सारेका छन् । 

यता गएरातिदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । विभिन्न ठाउँमा खसेको पहिरोले सडक दुईतर्फी अवरुद्ध भएको छ । अहिले यस क्षेत्रमा निरन्तर पानी र पहिरोसमेत झरिरहेकाले तत्काल पहिरो पन्छाउन कठिन भएको चितवन ट्राफिक प्रमुख भगवान राज थापाले बताए । 

पानी पर्ने क्रम नरोकिएपछि भरतपुर महानगरपालिकाको वडा नम्बर ११ र १२ डुबानमा परेको छ । नदीनाला नभए पनि बर्खाको समयमा बग्ने घोल बढ्नुका साथै आकाशबाट परेको पानी जमेका कारण डुबानमा परेको हो । 
 

See More On

सुझावित समाचार