तयारी नपुगेको भन्दै कांग्रेस बैठक स्थगित

बिहिबार, १७ असार, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक स्थगित भएको छ। तयारी नपुगेको भन्दै बैठक स्थगित भएको हो। क्रियाशील सदस्यता वितरणको मापदण्डलगायतका विषयमा छलफल गर्न आज २ बजे बस्ने गरी सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका थिए ।

तर, आवश्यक तयारी नपुगेको भन्दै शुक्रबार २ बजे बस्ने गरी बैठक स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकले क्रियाशील सदस्यता छानबिनको मापदण्डका विषयमा देखिएको विवादलाई हल गर्ने बताइएको छ।

सुझावित समाचार