राष्ट्रिय सभाको आठौँ अधिवेशनको तयारी पूरा

बुधबार, १६ असार, २०७८
डिजिटल संस्करण

राष्ट्रिय सभाको आठौँ अधिवेशनको तयारी पूरा भएको छ ।  राष्ट्रिय सभाको आठौँ अधिवेशन भोलि (असार १७ गते बिहीबार) दिउँसो ४ बजेका लागि बोलाइएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभामा हाल १९ वटा विधेयकहरू रहेको र यस अधिवेशनमा ती विधेयकका साथसाथै समितिका प्रतिवेदनहरू र संवैधानिक निकायबाट आएका पत्रहरू प्रस्तुत हुने संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरू पेस गर्नुपर्ने नियमावलीको व्यवस्थाअनुसार अध्यादेशहरू पेस हुने पनि उनले बताए । 

राष्ट्रिय सभा बैठकमा सहभागी हुने सदस्यहरूको बुधबार एन्टिजेन परीक्षण पनि गरिएको छ । संसद् भवनमा समाचार संकलनका लागि जाने सञ्चारकर्मी, सुरक्षाकर्मी र संसद् सचिवालयको कर्मचारीको पनि एन्टिजेन परीक्षण गरिएको छ ।

सुझावित समाचार