संसद् विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले आज देशैभर प्रदर्शन गर्दै

बुधबार, १६ असार, २०७८
डिजिटल संस्करण

संसद् विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले आज देशैभर प्रदर्शन गर्ने भएका छन् ।  उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित देशभरका ७७ वटै जिल्लाका पाँच विद्यार्थी संगठनका जिल्ला नेतृत्वको  सहभागिता र अगुवाइमा विरोध कार्यक्रम गरिने अखिल (क्रान्तिकारी)का प्रवक्ता जिपी मैनालीले जानकारी दिए ।

मौसमको अनुकूलतालाई मध्यनजर गर्दै  बिहान ११ बजेपछिको जुनसुकै समयमा स्थानीय मौसमको  अनुकूलताअनुसार कार्यक्रम सम्पन्न हुने र कार्यक्रममा प्लेकार्ड प्रदर्शनदेखि प्रधानमन्त्रीको पुत्ला जलाउनेसम्मका विभिन्न कार्यक्रम रहेको मैनालीले जानकारी दिए ।

प्रदर्शनमा नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), सुदेश पराजुली नेतृत्वको अनेरास्ववियु, समाजवादी विद्यार्थी  युनियन र अखिल (छैटाैँ) सहभागी रहनेछन्।

सुझावित समाचार