सारडाको नेतृत्वमा योङ बिजनेस एक्ज्युकेटिभ फोरम गठन

सोमबार, १४ असार, २०७८
डिजिटल संस्करण

आयात–निर्यातकर्ता व्यवसायीहरूको छाता संगठन नेपाल समुद्रपार निकासी–पैठारी संघअन्तर्गत योङ बिजनेस एक्ज्युकेटिभ फोरम (वाइबिइएफ) गठन भएको छ । संघको युवा विभागका रूपमा गठित फोरमको नेतृत्व गौरव सारडाले गरेका छन् । 

यस फोरमको उद्देश्य गतिशील युवा व्यावसायिक नेतृत्व विकास गर्नु रहेको छ । ज्ञान आदान–प्रदान, नवीन विचारको प्रवद्र्धन तथा व्यावहारिक सिकाइ र सूचना आदान–प्रदानमार्फत व्यवसाय क्षेत्रमा सक्षम युवा नेतृत्व तयार गर्ने उद्देश्यले फोरम गठन गरेको संघका अध्यक्ष सुनीलकुमार वंशलले जानकारी दिएका छन् । 

फोरमले युवा व्यवसायीलाई व्यवसायका असल अभ्यासहरू सिकाउँदै उनीहरूको दक्षता र क्षमता प्रवद्र्धन गर्नेछ । यसले गतिशील कर्पोरेट जगत्को चुनौती सामना गर्न सक्ने नेतृत्व तयार हुने विश्वास संघले लिएको छ । 

फोरमको सल्लाहकारमा सुशील गुप्ता रहेका छन् । उपाध्यक्षमा जयन्त अग्रवाल र महासचिवमा सुमितकुमार वंशल (धानुका) रहेका छन् । यस्तै, द्विपक्षीय व्यापार र सम्बन्धको जिम्मेवारी सलोनी सेठियाले पाएकी छिन् भने आयात–निर्यात व्यापार प्रवद्र्धन विभागको जिम्मेवारी प्रवेश अग्रवाललाई र नेटवर्क तथा सदस्यता अभियानको जिम्मेवारी कुशलसुन्दर श्रेष्ठलाई दिइएको छ । 
 

See More On

सुझावित समाचार