खुकुरी प्रहार गरी छोराले गरे बाबुको हत्या

आइतबार, १३ असार, २०७८
डिजिटल संस्करण

वृद्ध बाबुको गर्धनमा खुकुरी प्रहार गरी हत्या

खोटाङमा आज बिहान छोराले आफ्नै बाबुको हत्या गरेका छन् । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– २ सोल्मानिवासी २८ वर्षीय सुवर्ण राईले ७२ वर्षीय बाबु चन्द्रबहादुरको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार आज बिहान पौने ५ बजे छोरा सुवर्णले वृद्ध बाबु चन्द्रबहादुरकाे गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेका थिए।

बाबुको हत्या गरी फरार भएका सुवर्णलाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको छ । छोराले बाबुको हत्या गर्नुको खास कारण खुलेकाे छैन । घटनाबारे खोटाङ प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
  

See More On

सुझावित समाचार