अंश विवादमा छोराले गरे बुबाको हत्या

शुक्रबार, ११ असार, २०७८
डिजिटल संस्करण

अंशको विवादलाई लिएर धनुषामा एक युवाले आफ्नै  बुबाको हत्या गरेका छन् । जिल्लाको धनुषाधाम नगरपालिका– १ काशीपुर बस्ने ७० वर्षीय विशो यादवलाई आफ्नै कान्छो छोरा श्रीकृष्ण यादवले गएराति हत्या गरेका हुन् । 

राति  घरमा सुतिरहेका बुबालाई कृष्णले मसला कुट्ने खलले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । केही दिनअघि परिवारमा अंशबन्डाको विषयलाई लिएर विवाद हुँदै आएको थियो ।

प्रहरीले शुक्रबार बिहानै घटनाको अनुसन्धान गरी घटनामा संलग्न रहेका कान्छो छोरालाई पक्राउ गरेको छ । अभियुक्तलाई घरबाटै पक्राउ गरिएको उपरीक्षक रानाभाटले जानकारी दिए । मृतक यादवको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ । मृतक यादवका तीन छोरा छन् । 

See More On

सुझावित समाचार