डाटा ड्रिभन इन्टिग्रेटेड डिजिटल मार्केटिङ सोलुसन प्रोभाइडर संस्था एडिएले आउटरिच नेपालसँगको सहकार्यमा नेपालमा अन्तर्राष्ट्रिय र स्थानीय दुवै ब्रान्डहरू लक्षित डाटा ड्रिभन मार्केटिङ प्रवद्र्धन सुरु गर्ने भएको छ । दक्षिण र दक्षिणपूर्वी एसियामा पहिलेदेखि नै प्रभावकारी रूपमा सञ्चालित एडिए विभिन्न प्रकारका ब्रान्डका लागि डिजिटल प्रचार अभियानको डिजाइन एवं कार्यान्वयन गर्ने संस्था हो ।
एडिएले आफ्नो डाटा( ड्रिभन एप्रोचका साथ ३७ करोड ५० लाख ग्राहकलाई उनीहरूको डिजिटल विज्ञता प्रदान गर्दै आइरहेको आउटरिचले जनाएको छ । यो साझेदारीले बिजनेस इन्साइड, डाटा इन्रिचमेन्ट र एड्भान्स एनलाइटिक्सको प्रयोगले उपभोक्ताहरूको मानसिकता बुझ्न र डिजाइन डाटा (ड्रिभन क्रिएटिभ मार्केटिङ स्ट्राटेजिज तय गर्न मद्दत पुग्ने कम्पनीको दाबी छ ।
एडिए बंगलादेशका प्रबन्ध निर्देशक असरफउल हकले आउटरिचसँगको यो सहकार्यले युनिक डाटा र एनलाइटिक्स ड्रिभन सोलुसन प्रदान गर्नमा मद्दत पु¥याउने बताए । उनले भने, ‘यसले संगठनका रूपमा हाम्रो क्षितिजहरूलाई फराकिलो बनाउँदै डाटाबेस्ड बिजनेस सोलुसनको आधार खडा गर्नेछ ।’
आउटरिच नेपालका संस्थापक प्रबन्ध निर्देशक उजय शाक्यले आपूmहरू नेपालमा इन्नोभेटिभ एडभर्टाइजिङ र ब्रान्ड मार्केटिङ प्राक्टिस सुचारु गर्नेे एजेन्सी भएको बताए । त्यही परम्परालाई कायम राख्दै एडिएसँग साझेदारी गरेर डाटा र एनालाइटिक्स ड्रिभन स्ट्राटेजिक एप्रोचको सुरुवात गर्न लागेको उनको भनाइ थियो । शाक्यले भने, ‘यसले ब्रान्डहरूका लागि बजारीकरण र व्यापारिक लक्ष्य हासिल गर्नमा मद्दत गर्नेछ । साथै, यसले हाम्रा युवापुस्ताहरू जो बढी डिजिटलमैत्री छन् उनीहरूलाई पनि विज्ञापनको क्षेत्रमा आउन आकर्षित गर्नेछ ।’
एडिए र आउटरिच दुवै यो साझेदारीले उपभोक्ताको परिवर्तित मानसिकता र जीवनशैलीलाई मध्यनजर राख्दै विज्ञापन अभ्यासहरूको नयाँ तरंग ल्याउने अपेक्षा गरेको जनाइएको छ । यसको फलस्वरूप ब्रान्डहरूलाई उनीहरूको बजार प्रवद्र्धन शैलीमा अझ प्रभावकारी हुन मद्दत पुग्ने आउटरिचले जनाएको छ ।