टिपरको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु

मंगलबार, ८ असार, २०७८
डिजिटल संस्करण

टिपरको ठक्करबाट मोरङमा मोटरसाइकलचालकको मृत्यु भएको छ । मंगलबार बिहान मोरङ रंगेली नगरपालिका– ७ रंगेली बजारबाट  पश्चिमतर्फ जाँदै गरेको ना.४ख ३४९३ नम्बरको टिपरले  ठक्कर दिँदा प्र १ -०२ -०४३प ८०११ नम्बरको मोटरसाइकलचालक रतुवामाई– ६ सौठा का ४२ वर्षीय तिलकराज खड्काको मृत्यु भएको हो । 

टिपरको ठक्करबाट घाइते  खड्काको उपचारका लागि  रंगेली अस्पताल पुर्याउनेबित्तिकै मृत्यु भएको थियो । दुर्घटना गराउने टिपर  र चालक धनपालथान– ६ का ३९ वर्षीय विद्यासागर राईलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ । 

See More On

सुझावित समाचार