बालुवाले भरिएको घर खोतल्दै मेलम्चीवासी (फोटोफिचर)

मंगलबार, ८ असार, २०७८
डिजिटल संस्करण

एक साताअघि आएको बाढीले सुन्दर मेलम्ची कुरूप पार्‍यो । हरियाली फाँटहरू एकाएक बगर बने । बाढीको भेलसँगै मान्छेका सपना बगे । सपना मात्रै बगेनन् दर्जनौँ मान्छे बगे ।

अहिले मेलम्ची उजाडिएको छ । मान्छेका मनहरू उजाड बनेका छन् । तैपनि मान्छेले आशा मारेका छैनन् । बाढी घटेसँगै स्थानीय  बालुवाले भरिएको घर खोतल्दै थिए । बचेको अन्नपात र लत्ताकपडा निकाल्दै थिए  । सबैको मुहारमा निराशाबाहेक केही थिएन ।

बाढीपछिको मेलम्ची पुग्दा हामीले देखेका केही दृश्य  ः

See More On

सुझावित समाचार