प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औँ वार्षिक साधारणसभाले ८ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश पारित गरेको छ । निर्जीवन बिमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा सिमराको होटेल इच्छामा सम्पन्न भएको हो ।
साधारणसभाबाट कम्पनीको संस्थापक समूहअन्तर्गत दुईजना सञ्चालकमा शैलेष संघई र अनिता रायमाझी टन्डन निर्विरोध निर्वाचित भएको जनाइएको छ । साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालले प्रस्तुत गरेको आव ०७६/७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको जनाइएको छ ।
साबिक १ अर्ब २ करोड ६४ लाख ३२ हजार चुक्ता पुँजी रहेको कम्पनीमा बोनस सेयरपश्चात् चुक्ता पुँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५ सय ६० रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।