दराजको बैंक डेज अफरमा तीन बैंक थपिए

आइतबार, ६ असार, २०७८
डिजिटल संस्करण

अनलाइन बजार दराजले थप तीन बैंकसँग साझेदारी गरी बैंक डेज अफर ल्याएको छ । कम्पनीले मेगा बैंकसहित माछापुच्छ्रे  बैंक र हिमालयन बैंकसँग सम्बन्धित बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा छुट दिने अफर ल्याएको हो । 

अफरअनुसार ग्राहकले कार्डमार्फत अग्रिम भुक्तानी गरेमा १५ प्रतिशत वा ५ सय रुपैयाँसम्मको छुट पाउन सक्ने जनाइएको छ । थपिएका तीनसहित सनिमा बैंक, एनआइसी एसिया बैंक, नाबिल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक गरी अन्य साझेदार बैंकका ग्राहकलाई पनि बैंक डेज अफर सुरु गरिएको कम्पनीले जनाएको छ । दराज बैंक डेजमार्फत ग्राहकले हप्ताभरि दराजका साझेदार बैंकहरूबाट छुटको सुविधा लिन सक्ने जनाइएको छ । 

अफरअनुसार माछापुच्छे« वा मेगा बैंकका कार्डधारकले हरेक बिहीबार सामान अर्डर गर्दा डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत वा ५ सय रुपैयाँसम्म र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत वा ५ सय रुपैयाँसम्मको छुट पाउने कम्पनीले जनाएको छ । त्यस्तै, हिमालयन बैंकको प्रिपेड र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत वा ५ सय रुपैयाँसम्म छुट पाउने जनाइएको छ । त्यस्तै, सोमबार सामान खरिद गर्दा सानिमा बैंकको क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत वा ५ सय रुपैयाँ र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत वा ५ सय रुपैयाँसम्मको छुट पाउने कम्पनीले जनाएको छ । 

कम्पनीले बुधबार सामान अर्डर गर्ने एनआइसी एसिया बैंकका ग्राहकले क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत वा ५ सय रुपैयाँ र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत वा ५ सय रुपैयाँसम्म छुट पाउने जनाइएको छ । नबिल बैंकका ग्राहकले भने शुक्रबार गरेको अर्डरमा १० प्रतिशत वा ५ सय रुपैयाँसम्म छुट पाउन सक्नेछन् । शनिबार अर्डर गर्ने स्ट्यान्डर्ड चार्टर्ड बैंकका ग्राहकले पनि १० प्रतिशत वा ५ सय रुपैयाँसम्म छुट पाउने दराजले जनाएको छ ।

See More On

सुझावित समाचार