सर्लाहीको बरहथवामा पानी जमेको खाडलमा डुबेर एकजना बालकको मृत्यु भएको छ । बरहथवा नगरपालिका–५ निवासी मुकेश गुप्ताका दुई वर्षीय छोरा ओम गुप्ताको चापाकलको पानी जमाउन खनेको खाडलमा डुबेर ज्यान गएको हो । बालक खेल्ने क्रममा आफ्नै घरअगाडि चापाकलको पानी जमाउन खनेको खाडलमा परेका थिए ।
पानीमा डुबेर अचेत भएको अवस्थामा बालकलाई तत्काल उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा पुर्याइएको थियो । स्वास्थ्य संस्था पुर्याएलगत्तै चिकित्सकले बालकलाई मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको हो । मृतक बालकको शव जिल्ला अस्पतालमा परीक्षणपश्चात् आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।