बाढीले मनाङका दुई सय घर परिवार विस्थापित

मंगलबार, १ असार, २०७८
डिजिटल संस्करण

हिमाली जिल्ला मनाङमा निरन्तरको बर्षासंगै आएको बाढीले दुई सयभन्दा बढी घर परिवार विस्थापित भएका छन् ।  बाढीले सदरमुकाम चामेबजारका करिब ७० घर र नासों गाउँपालिका १ तालगाउँका ५० घर विस्थापित भएका हुन् ।  मर्स्याङ्दी नदीमा पानीको बहाव बढेर आएकाले बजारका तीनसय नागरिकलाई मनाङको कारागारको नवनिर्मित भवनमा सारिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। उनका अनुसार सोमबारदेखि लगातार  भीषण बर्षा भएकाले  अधिकांश घर जोखिममा छन् । 

बाढीले चामे गाउँपालिका ५ भक्तपुर क्षेत्रका ५  घर डुबानमा परेको छ भने नासों गाउँपालिका १ तालगाउँका ५० घरनै डुबानमा परेको छ । स्थानीय अहिले  सिरानताल, म्यार्दीतिर  सुरक्षित स्थानमा बसेका छन् । 

मर्स्याङ्दी नदीमा पानीको बहाव बढेपछि गाउँ नै डुवानमा परेको  स्थानीय करसाङ गुरुङले बताए । उनका अनुसार   गाउँसंगै बिधालय र वडा कार्यालय समेत जोखिममा परेका छन् ।  उद्दारका लागि  प्रहरी, सेना खटिएका छन् ।

बाढीका कारण बिजुली अवरुद्ध भएको छ । टेलिफोनमा पनि समस्या आएको छ । बाढीले चामे गाउपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको छ भने तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत पनि बगाएको स्थानीयले बताएका छन् ।

सुझावित समाचार