कर्णालीको नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट चार बजे

मंगलबार, १ असार, २०७८
डिजिटल संस्करण

कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गरियोस् भनेर प्रदेश सभामा प्रस्ताव राखेका थिए । 

मंगलबारको संसद् बैठकमा सभामुख राजबहादुर शाहीले आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन् । 

प्रतिपक्षी एमालेका २० सांसदबाहेकले नीति तथा कार्यक्रमको समर्थन गरेका थिए । नीति तथा कार्यक्रम प्रस्तुत गर्दा एमालेबाट मन्त्री बनेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा अनुपस्थित भएका थिए । 

पक्षमा माओवादी केन्द्रका १२ र नेपाली कांग्रेसका ६ जना सांसदले मतदान गरेका थिए । एमालेका १७ सांसदले विपक्षमा मतदान गरेका थिए । मतदानमा एमालेका तीनजना सांसद अनुपस्थित रहेका थिए ।  कर्णाली प्रदेशको आउँदो आर्थिक वर्षको बजेट आजै चार बजे संसदमा प्रस्तुत हुनेछ । 
 

See More On

सुझावित समाचार