गण्डकी प्रदेश : कांग्रेसको नेृतत्वमा दाबी पेस गर्न सांसदहरू प्रदेश प्रमुखसमक्ष गए

शुक्रबार, २८ जेठ, २०७८
डिजिटल संस्करण

गण्डकी प्रदेशकामा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेसँगै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्तका लागि भन्दै चार दल आफ्ना सांसदसहित प्रदेश प्रमुखकहाँ गएका छन् ।
६० सदस्य प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र १ स्वतन्त्र सांसद छन् । 

नयाँ सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ । कांग्रेसका १५, माओवादी ११, जनमोर्चाका दुई, जसपाका दुई  र एक स्वतन्त्र गरी ३१ सांसदको हस्ताक्षरसहित कांग्रेस नेतृत्वको गठबन्धन प्रदेश प्रमुखसमक्ष पुगेका हुन् । हाल दलका नेता र प्रदेश प्रमुखबीच छलफल भइरहेको छ ।

प्रदेश सभामा ठूलो दलको नेताको हैसियतमा २९ वैशाखमा मुख्यमन्त्री नियुक्त पृथ्वीसुब्बा गुरुङले बिहीबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिन प्रस्ताव गरेका थिए । विश्वासको मत लिन असफल भएसँगै उनी स्वतः पदमुक्त भएका थिए ।  शुक्रबार प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । 

पौडेलले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि २९ जेठ दिउँसो ३ बजेसम्मका लागि समय दिएर प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभाका सदस्यहरूलाई आह्वान गरेकी हुन् । 
 

सुझावित समाचार