आयात निर्यात व्यापारलाई सहजीकरण गर्न नेपाल हिमालय सीमापार वाणिज्य संघले रसुवा जिल्लालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । कोरोना संक्रमणदर बढेको र कोरोना रोकथाम तथा नियन्त्रणका लागि संघले रसुवा जिल्लालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
शुक्रबार संघका केन्द्रीय सदस्य फिन्जो लोप्चनले जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई सर्जिकल मास्क ३० हजार, एन ९५ मास्क दुई हजार, पिपिई ४० सेट, स्यानिटाइजर ६० लिटर, अक्सिमिटर ५० थान, फेससिल्ड २ सय १० थान, सनग्लास २० सेट र चस्मा २० थान सामग्री प्रदान गरेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीलाई आयात–निर्यात व्यापारलाई सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय कार्यालय र स्वास्थ्य कार्यालय रसुवा तथा संलग्न अन्य निकायको प्रयोजनार्थका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको लोप्चनले बताए ।