माओवादी केन्द्रले सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड– १९ विरुद्ध प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्रीहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका प्रदेश इन्चार्जमार्फत सबै प्रदेशका लागि हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य सामग्रीहरू चीन, माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग–संगठनबाट प्राप्त भएको जनाइएको छ ।
