हिमाल आरोहणको क्रममा ज्यान गुमाएका स्विस नागरिक वारिचको शव टिचिङ अस्पतालमा ल्याइयो

बुधबार, १९ जेठ, २०७८
डिजिटल संस्करण

हिमाल आरोहणको क्रममा ज्यान गुमाएका स्विस नागरिक अब्दुल वारिचको शव काठमाडौंको टिचिङ अस्पतालमा बुधबार ल्याइएको छ ।

हिमाल आरोहण गरी फर्किने क्रममा वारिचको ८ हजार मिटरमाथि क्याम्पमा मृत्यु भएको थियो । उनको शव काठमाडौंको टिचिङ अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।

पोस्टमार्टमपश्चात् दूतावासमार्फत परिवारलाई शव हस्तान्तरण गरिनेछ ।
 

सुझावित समाचार