निजामती कर्मचारीको तलब दुई हजारका दरले बढ्यो

शनिबार, १५ जेठ, २०७८
डिजिटल संस्करण

सरकारले निजामती कर्मचारीको तलब बढाएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सबै कर्मचारीको तलब मासिक दुई हजारका दरले बढाएको हो । 

त्यस्तै, महँगीभत्तालाई समेत निरन्तरता दिइएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । 

कोभिड संक्रमणका कारण अन्य खर्चले गर्दा स्रोतमा चाप परेकाले दुई हजार मात्र बढाइएको अर्थमन्त्रीले बताए ।

सुझावित समाचार