प्लास्टिकजन्य पदार्थबाट हुने वातारणजन्य प्रदूषण नियन्त्रण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन, बिक्री र आयात आगामी साउनबाट बन्द गरिने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सपिङ मलमा प्लास्टिक झोलाको सट्टा सुर्ती, जुट र कागजको झोला प्रयोग गर्नुपर्ने बताए ।
४० माइक्रोनभन्दा पातलो झोला उत्पादन गर्ने उद्योगले पुरानो मेसिन वा सिट प्रतिस्थापन गरी नयाँ जडान गर्दा अनुदान उपलब्ध गराइने अर्थमन्त्रीले घोषणा गरेका छन् ।