ट्रेकिङ गएका शेर्पाको हिउँमा चिप्लेर मृत्यु

बुधबार, ५ जेठ, २०७८
डिजिटल संस्करण

सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका– ४ को बेसक्याम्प २ मा पुगेर आधार शिविरतर्फ फर्कने क्रममा हिउँमा चिप्लेर एकजनाको मृत्यु भएको छ ।

मंगलबार बिहान आधार शिविरबाट फर्कँदै गरेका संखुवासभा याफुका २८ वर्षीय पेम्बा टासी शेर्पाको हिउँमा चिप्लिएर मृत्यु भएको हो ।

मृतक शेर्पाको शव उनका साथीहरूले उद्धार गरी आधार शिविरमा राखेको र  हेलिकोप्टरमार्फत लुक्लातर्फ लैजाने पहल भइरहेको प्रहरीले जनाएको छ । 

See More On

सुझावित समाचार