दाउन्नेमा बस दुर्घटना हुँदा चारको मृत्यु

बुधबार, ५ जेठ, २०७८
डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट-दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको ज्यान गएको छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार दुर्घटनामा परेर अहिलेसम्म चारजनाको निधन भएको छ ।  एकजना बसमै च्यापिएको अवस्थामा पाइएको छ । 

काठमाडौंबाट रुकुमका लागि छुटेको ना.५ख २७१३ नम्बरको बस बुधबार बिहान बर्दघाट नगरपालिकाकाे दाउन्नेको खुर्सानी खोलामा दुर्घटनामा परेको हो । 

प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार दुर्घटनामा परेर घाइते भएकाहरूलाई  प्रहरी  टोलीले उद्धार गरिरहेको छ । लकडाउनको समयमा पनि बस किन र के कारणले यात्रु बोकेर हिँडेको हो केही खुलेको छैन । बसमा कति यात्रु थिए र कति घाइते भए भन्ने विस्तृत विवरण आएको छैन ।

सुझावित समाचार