टेलिकमको भिओएलटिई सेवा परीक्षण सुरु

सोमबार, ३ जेठ, २०७८
डिजिटल संस्करण

नेपाल टेलिकमले वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटिई प्रविधिअन्तर्गत भिओएलटिई (भोइस ओभर लङ टर्म इभोलुसन) सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले ग्राहकको मागअनुसार आफ्ना सेवाहरूमा आधुनिकीकरण गर्नेक्रममा यो सेवा सञ्चालनमा ल्याउन लागेको हो । 

मे १७ मा मनाइने विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भिओएलटिई सेवाको परीक्षण सुरुवात गर्न लागिएको कम्पनीले जनाएको छ । यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महसुस गर्न सकिने कम्पनीको दाबी छ । 

टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १ सय मिनेट भिओएलटिई भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने जनाएको छ । 

See More On

सुझावित समाचार