नलगाड नगरपालिकाका सबै सेवा बन्द

बिहिबार, ३० बैशाख, २०७८
डिजिटल संस्करण

नलगाड नगरपालिकाले कर्मचारी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई कोरोना देखिएको भन्दै आजबाट आफ्नो सेवा बन्द गरेको छ ।  वैशाख ३० देखि बन्द गरेको सेवा जेठ ३ गतेपछि मात्र सुचारु हुने  प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए ।

नगरपालिकाभित्रका सबै वडाहरूबाट प्रवाह हुने सेवासमेत बन्द भएको छ । त्यस्तै नलगाड नगरपालिका वडा ११ का वडासदस्यको मृत्युसमेत भइसकेको छ । दैनिक कोरोनाका कारण अवस्था चिन्ताजनक भएको भन्दै सेवा प्रवाह गर्न मुस्किल भएको नगरपालिकाले जनाएको छ । 

डिसिसिएमसी आर्थिक संकटमा, काम गर्न मुस्किल 

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र आर्थिक संकट हुँदा काम गर्न मुस्किल भएको छ ।  जिल्लाका विभिन्न ठाउँमा रहेका आइसोलेसन अनुगमन, निरीक्षण गर्नका लागि प्रयोग गर्नुपर्ने यातायातका साधन र सुरक्षा सामग्री  नहुँदा काम गर्न मुस्किल भएको डिसिसिएमसीले बताएको छ ।

सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनहरू पुराना भएकाले मर्मत तथा भाडामा लिनुपर्ने देखिएकोले डिसिसिएमसी बजेट नहुँदा काम गर्न समस्य भएकाले प्रदेश सरकारसँग बजेट माग गरिएको छ ।

सुरक्षा निकायले प्रयोग गरिरहेका यातायातका साधनहरू पुराना भएकाले छिटाे, छरितो काम गर्नका लागि मर्मत गर्नुपर्ने अवस्था सिर्जना भएको डिसिसिएमसी को भनाइ छ । 

सुझावित समाचार