भीम अस्पताललाई महालक्ष्मी विकास बैंकको सहयोग

बिहिबार, ३० बैशाख, २०७८
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंक लिमिटेडले भैरहवाको भीम अस्पताल र सिद्धार्थनगर नगरपालिकाको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भैरहवा शाखाले सुरक्षा सामग्री सहयोग गरेको हो । 

शाखाका प्रबन्धक गौतम गुप्ताले भीम अस्पताल आकस्मिक कक्षका इन्चार्ज सविता शर्मालाई सर्जिकल मास्क, स्यानिटाइजर तथा पिउने पानीलगायतका सामग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

कोरोना महामारीमा अग्रपंक्तिमा खटिएर स्वास्थ्यसेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त सामग्री उपलब्ध गराएको जनाएको छ । बैंकले देशभर १ सय ३ शाखामार्फत बैँकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । 

See More On

सुझावित समाचार