सप्तरीमा ट्रकको ठक्करबाट साइकलमा सवार पति–पत्नीको मृत्यु

मंगलबार, २८ बैशाख, २०७८
डिजिटल संस्करण

सप्तरीको पूर्व–पश्चिम राजमार्गअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका– १ स्थित सडकखण्डमा ट्रकले ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । 

ना.६ख ३८६१ नम्बरको मालबाहक ट्रकले मंगलबार बिहान ६:३० बजे ठक्कर दिँदा सप्तरीको भारदह भलुवानिवासी ५० वर्षीय सत्यनारायण मण्डल र उनकी ४५ वर्षीया पत्नी सुनितादेवी मण्डलको मृत्यु भएको हो । साइकलमा सवार पति–पत्नी घरतर्फ जाँदै थिए । 

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नरेश सिंहका अनुसार ट्रकको ठक्करबाट मण्डलदम्पतीको घटनास्थलमै मृत्यु भएको हो । ट्रक अनियन्त्रित भई आफ्नो साइड छाडेर अर्काेतिर गएर साइकललाई ठक्कर दिएको हुन सक्ने प्रहरीको भनाइ छ ।  

मृतक दम्पतीको शवलाई परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाउने तयारी भइरहेको र ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
 

See More On

सुझावित समाचार