महन्थ ठाकुर भन्छन्– हामी विश्वासको मतको पक्षमा पनि छैनौँ, विपक्षमा पनि छैनौँ

सोमबार, २७ बैशाख, २०७८
डिजिटल संस्करण

जसपा अध्यक्ष महन्थ ठाकुरले विश्वासको मतका बारेमा आफूहरू पक्ष र विपक्ष दुवैमा नरहेको बताएका छन् ।

सोमबार उनले प्रतिनिधिसभा बैठकमा भने, ‘हामी यो प्रस्तावको पक्षमा पनि छैन, विपक्षमा पनि छैन । किनकि हामीहरू लोकतन्त्र आइसकेपछि पनि पीडित अवस्थामा छौँ । हाम्रो साथीहरू जेलमा छन् । सांसद जेलमा छन् । रेशम चौधरीलाई यहाँ हेर्न चाहन्छौँ, तर जेलमा हुनुहुन्छ । प्रदेशका मन्त्रीहरू पनि तारेखमा छन् । धेरै मेयरहरू तारेखमा बसेका छन् । सयौँ कार्यकर्ता मुद्दा अझै पनि खेपिरहेका छन् । किन ? यो संविधानले गर्दा । अहिलेको जुन अवस्था हेर्छौँ त्यो संविधानको त्रुटिले गर्दा नै हो ।’
 

सुझावित समाचार