संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने सम्पूर्ण तयारी पूरा

सोमबार, २७ बैशाख, २०७८
डिजिटल संस्करण

संसद्मा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । संसद् सचिवालयले तीनवटा लवीमा मतदानको व्यवस्था मिलाएको छ । 
हुन्छ, हुन्न र मत दिन्नँ गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको सचिवालयले जनाएको छ । 

कोभिड संक्रमित सदस्यहरूका लागि ल्होत्सेहलमा मतदानको व्यवस्था गरिएको छ । 
प्रधानमन्त्रीपछि दलका शीर्ष नेताहरूले छोटो बोल्ने कार्यसूची छ । त्यसपछि प्रधानमन्त्रीले जवाफ दिनेछन् ।  त्यसपछि मत विभाजनको प्रक्रिया सुरु हुनेछ ।
 

सुझावित समाचार