विश्वासको मतमा कता उभिने भन्ने विषयमा निर्णय गर्न जसपा शीर्ष नेताहरूको बैठक बस्दै

आइतबार, २६ बैशाख, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले भोलि संसदबाट लिन लागेको विश्वासको मतमा कता उभिने भन्ने विषयमा निर्णय गर्न जसपा शीर्ष नेताहरूको बैठक बस्न लागेको छ ।

यसअघि अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवालाई भेटका थिए । भेटमा उनीहरूले दुवै पक्षलाई सहयोग गर्न नसकिने, तटस्थ बस्ने निर्णय सुनाएर आएका छन्।

२ बजे बाबुराम भट्टराईनिवासमा बस्ने भने पनि भर्खरै उपचार गरेका उनलाई सामाजिक दूरी कायम गर्नुपर्ने भएपछि स्थान परिवर्तन गर्ने भनिएको छ। यद्यपि अहिलेसम्म बैठक कहाँ बस्ने भन्ने निश्चित भएको छैन।

सुझावित समाचार