कर तिर्ने समय थप गरिदिन आनको आग्रह

शुक्रबार, २४ बैशाख, २०७८
डिजिटल संस्करण

कोभिड–१९ को नयाँ भेरियन्टको रोकथामका लागि ७५ प्रतिशत भूभागमा निषेधाज्ञा जारी रहेको अवस्थामा सरकारलाई कर राजस्वको विवरण बुझाउनुपर्ने म्याद र कर रकम भुक्तानीका लागि समय थपिदिन नेपाल विज्ञापन संघ (आन) ले माग गरेको छ । संघले पत्राचारमार्फत अहिलेको परिस्थितिलाई मनन गरी मूल्य अभिवृद्धि कर, आयकरको अग्रिम कट्टीलगायतका करहरूको विवरण बुझाउने र कर तिर्ने समय थप गरिदिन माग गरेको हो । 

कोभिड महामारीका कारण दैनिक उपभोग्यबाहेकका व्यापार–व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरूको स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा विवरण बुझाउन र कर तिर्न नसक्ने जनाएको छ । कोभिड–१९ ले सिर्जना गरेको अप्ठ्यारो कति लामो समय रहन्छ भन्ने अनुमान गर्न नसकिने आनले जनाएको छ ।

अर्थतन्त्र चलायमान बन्न नसक्दा उद्योगी–व्यवसायी, काम गरेर खाने श्रमिक कामदारहरूलगायत आमसर्वसाधारणको दैनिक जीवनयापन कठिन भएको भन्दै सरकारलाई कर तिर्ने म्याद थप गर्न आग्रह गरिएको आनले जनाएको छ । 

See More On

सुझावित समाचार