घाँस काट्न गएकी महिलाको करेन्ट लागेर मृत्यु

बिहिबार, २३ बैशाख, २०७८
डिजिटल संस्करण

सर्लाहीको पर्सामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बुधबार साँझ पर्सा गाउँपालिका– ५ स्थित पिपरा पुलनजिकै करेन्ट लागेर सोही स्थान बस्ने ५२ वर्षीया सेवोदेवी पासवानको मृत्यु भएको प्रहरीले जनाएको हो ।

साँझ घाँस काट्न गएकी पासवानलाई बिजुलीको पोलमा अर्थिङ गरेको तारबाट करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

पासवानको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पुर्याइएको परिवारको भनाइ छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । सर्लाहीको ईश्वरपुरमा मंगलबार मात्र करेन्ट लागेर एक मजदुरको मृत्यु भएको थियो ।

सुझावित समाचार