उपचारका लागि शय्या चाहिएमा यी नम्बरमा फोन गर्न मन्त्रालयको आग्रह

बिहिबार, २३ बैशाख, २०७८
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड– १९ संक्रमितको उपचारका लागि शय्या चाहिएमा टोल फ्री नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोल फ्री र मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो ।  

संक्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शय्याको अभाव रहेको छ । बुधबार मात्र आठ हजार ६ सय ५९ जना संक्रमित भएका थिए भने ५८ को निधन भएको थियो ।

ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । २४सै घन्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।     

 

सुझावित समाचार