कोरोना परीक्षणका लागि सांसदको स्वाबको नमुना संकलन (फोटोफिचर)

बुधबार, २२ बैशाख, २०७८
डिजिटल संस्करण

संघीय संसद सचिवालयले आगामी २७ गतेको प्रतिनिधिसभा बैठकको तयारी गर्दै सांसद लगायत बैठकमा आवश्यक सम्पुर्ण जनशक्तिहरुको कोभिड १९ संक्रमणको परीक्षणका लागि स्वाव संकलन कार्य सुुरु गरेको छ ।  स्वाव संकलनका लागि सचिवालयले आज बुधबार र भोली बिहीबारका लागि तालिका नै सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिका अनुसार आज प्रतिनिधिसभाका सभामुख, सांसदहरु, महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरुको, संघीय संसद सचिवालयका कर्मचारीहरु तथा सभामुखको निजी सचिवालयमा कार्यरत कर्मचारीहरुको स्वाव संकलत गरिने छ । नयाँवानेश्वर स्थित संघीय संसदको सचिवालयको लोत्से हलमा स्वाव संकलन जारी छ ।

लोत्सेहल पुगी सभामुख अग्नि सापकोटाले स्वाव दिइसकेका छन् । त्यसैगरी सांसदहरु पनि स्वाब दिनका लागि संघीय संसद भव नयावानेश्वर पुगेका छन् ।  बुधबार बिहान १० बजेबाट सुरु स्वाब संकलनका केही दृश्य :

सुझावित समाचार