प्रतिनिधिसभाको बैठकअघि सबै सांसदको पिसिआर परीक्षण गरिने

मंगलबार, २१ बैशाख, २०७८
डिजिटल संस्करण

संघीय संसद्का सबै सांसदको पिसिआर परीक्षण गरिने भएको छ । वैशाख २२ र २३ गते पिसिआर परीक्षण गरिने संसद् सचिवालयको भनाइ छ । २७ गतेका लागि प्रतिनिधिसभाको बैठक बोलाएपछि त्यसअघि सांसदहरूको पिसिआर परीक्षण गर्न लागिएको हो । 

संसद् भवन नयाँ बानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म पिसिआर विधिबाट कोभिड परीक्षण  हुने सचिवालयको भनाइ छ ।  संसद् सचिवालयका कर्मचारी, आइसिसीका कर्मचारी, मर्यादापालकलगायतको पनि स्वाब टेस्ट हुने बताइएको छ ।

अघिल्ला अधिवेशनहरूमा बैठकअघि सांसदहरूको पिसिआर परीक्षण गरिएको थियो ।

सुझावित समाचार