मेटलाइफले तीन कार्यदिनमै बिमा भुक्तानी गर्ने

मंगलबार, २० बैशाख, २०७८
डिजिटल संस्करण

मेटलाइफ नेपालले कोभिड–१९ को अवस्थाबाट प्रभावित ग्राहकको सुविधाका लागि कोभिड केयर सहायता कार्यक्रमको सुरुवात गरेको छ । कम्पनीले कोभिड–१९ का कारण भएको मृत्यु दाबीमा तीन कार्यदिनभित्रै द्रुतमार्गी बिमा भुक्तानी सेवा सुरु गरेको हो ।  

योजनाअन्तर्गत दाबीकर्तालाई बिमा दाबीका लागि आवश्यक कागजातहरू अनलाइन नै पेस गर्न सक्ने सुविधा दिइएको कम्पनीले जनाएको छ । डाँफे केयरमार्फत कोभिड संक्रमित ग्राहक र उनीहरूमा आश्रित परिवारको विशेष हेरचाह प्रबन्धन कार्यक्रममा २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

१४ दिने हेरचाह प्रबन्धन कार्यक्रममा भर्चुअल डाक्टरद्वारा परामर्श, चिकित्सा परामर्श, निगरानी तथा कोभिड संक्रमित बिरामीहरूलाई आवश्यक औषधि सहयोग समावेश रहेको कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार