भारतमा प्रयोग भइरहेका ९८ प्रतिशत अक्सिमिटर चीनमा निर्मित

शुक्रबार, १७ बैशाख, २०७८
डिजिटल संस्करण

शरीरमा अक्सिजन लेबलबारे निरन्तर निगरानी राख्ने सानो एक यन्त्र पल्स अक्सिमिटर कोभिड महामारीका वेला विश्वभर निकै नै प्रयोगमा छ । यस यन्त्रले कुन वेला बिरामीमा अक्सिजन लेबल कम भयो र चिकित्सको सहयाता अवश्यक छ भन्ने सूचना दिन्छ । चिकित्सकहरूका अनुसार सामान्यतया ९४ देखि ९८ बीचको रेटिङलाई सामान्य मानिन्छ । 

अघिल्लो वर्ष चीन र भारतको सिमाना लद्दाखमा दुई देशका सेनाबीच विवाद भएपछि भारतमा चिनियाँ सामान बहिस्कार अभियान नै चलेको थियो । यसको केही समय यो अभियानले चर्चा पनि पाएको थियो । तर, अहिले भारतमा कोरोना महामारीको दोस्रो लहर चलिरहँदा संक्रमितहरूले प्रयोग गरिरहेको ९८ प्रतिशतभन्दा बढी अक्सिमिटर चीनमै बनेको पाइरहेको अधिकारीहरूको भनाइ छ ।

उनीहरूका अनुसार अक्सिमिटर बहिस्कारका बारेमा कुनै पनि विरोध भएको थिएन । उनीहरूका अनुसार अहिले भारतभर अक्सिमिटरको उच्च माग छ । सबैजसो सहरमा यसको माग बढिरहेको छ । यसकारण सर्वसाधारणले पनि कुन देशमा बनेको भनेर वास्ता गरिरहेका छैनन् । भारतमा बनेको अक्सिमिटर दुईदेखि तीन हजार रुपैयाँ पाइन्छ । तर, चीनमा बनेको योभन्दा पनि सस्तोमा पाइन्छ ।

सुझावित समाचार