कोरोना संक्रमित प्रदेश सभा सदस्य शर्मालाई हेलिकाेप्टरबाट काठमाडौं लगियो

बिहिबार, १६ बैशाख, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता एवं प्रदेश सभा सदस्य ओमप्रकाश शर्मालाई उपचारका लागि काठमाडौं  लगिएको छ । बिहीबार बिहान ११ बजे कोरोना संक्रमित प्रदेश सभा सदस्य शर्मालाई हेलिकाेप्टरबाट  काठमाडौं लगिएको हो । 

गएको हप्ता संक्रमित भएका शर्मा होम आइसोलेसनमा बसेको र अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि काठमाडौं लगिएको  वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामनगिना साह कानुले जानकारी दिए । 

उनका अनुसार शर्मालाई मधुमेहको लेबल बढेको र श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं लगिएको हो । 
 

सुझावित समाचार