टिभिएसको ‘वा, वाह्, वाह्ह्’ योजनाको पहिलो विजेता बर्दियाको कैलाली–२ का बालचन्द्र थारू बनेका छन् । कम्पनीले उनलाई टिभिएस अपाचे आरआर ३१० को पहिलो विजेता घोषित गरेको हो । विजेताले टिभिएस आरटिआर अपाचे १६० २भी खरिद गरेको कम्पनीले जनाएको छ ।
टिभिएस, वा, वाह्, वाह्ह् योजनाअन्तर्गत ग्राहकले टिभिएसको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गरेर यो योजनामा सहभागी बन्न सक्ने जनाइएको छ ।
योजनाअन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा १० हजार रुपैयाँसम्मको पक्का डिस्काउन्ट र शून्य प्रतिशत ब्याजदरको व्यवस्था भएको ‘वा’ अफर रहेको जनाइएको छ । योजनालाई ‘वा’ बाट ‘वाह्’ बनाउन योजनाको समय अवधिमा टिभिएसको कुनै पनि मोटसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकमध्ये एकजनालाई हरेक १५ दिनमा एउटा नयाँ टिभिएस अपाचे आरआर ३१० उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।
‘वाह्ह्’ अन्तर्गत योजनाको अन्त्यमा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप स्ट्यान्डर्ड एमटी भर्जनको नयाँ प्रोटोन सागा गाडी गोलाप्रथामार्फत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।