सल्यानमा परीक्षा दिन विद्यालय हिँडेकी छात्राको लडेर मृत्यु

मंगलबार, १४ बैशाख, २०७८
डिजिटल संस्करण

सल्यानमा परीक्षा दिन हिँडेकी एक छात्राको लडेर मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका– २ अत्तरकाँडाकी चन्द्रकला सार्कीको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिए । 

भानुभक्त माविमा कक्षा १० मा अध्ययनरत चन्द्रकला बिहानै गणित विषयको परीक्षा दिन हिँडेकी थिइन्  ।

विद्यालय जाने बाटो अप्ठ्यारो रहेको र ओरालोमा दौडिँदै गर्दा सल्लाको पातमा चिप्लिएर लडेको उनका सहपाठीहरूले बताएका छन् । चन्द्रकला बाटोबाट लडेर करिब चार सय मिटर तल पुगेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुझावित समाचार