सत्तापक्षका सांसदकाे अवरोधका कारण गण्डकी प्रदेश सभाको बैठक स्थगित

मंगलबार, १४ बैशाख, २०७८
डिजिटल संस्करण

गण्डकी प्रदेश सभाको आजको बैठक सत्तापक्षकै सदस्यको अवरोधपछि स्थगन भएको छ । बैठकको सुरुमा नै नेकपा (एमाले)का सदस्य राजीव पहारीले कोरोना महामारीको भयावह हुँदा सभासद्को पिसिआर परीक्षण नभई बैठक सञ्चालन गर्न नहुने माग गरेका थिए । अवरोधपछि २० मिनेटका लागि स्थगित प्रदेश सभाको बैैठक अझै सञ्चालन हुन सकेको छैन । 

बैठक सञ्चालन सम्बन्धमा कार्यव्यवस्था परामर्श समितिको छलफल चलिरहेको छ । कास्कीमा बुधबारदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध आइतबार मात्रै अविश्वासको प्रस्ताव टेबुल भई सोही विषयमा छलफल हुने कार्यसूची थियो ।

सुझावित समाचार