ग्लोबल एनआरएन सिंगिङ आइडलको डिजिटल अडिसन सात दिन थप

सोमबार, १३ बैशाख, २०७८
डिजिटल संस्करण

ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को डिजिटल अडिसन पठाउने समय एक साता मात्रै बाँकी रहेको आयोजक संस्थाले जनाएको छ । आइडलमा सहभागी हुन चाहनेले आफूले गएको दुई मिनेटको गीतको भिडियो रेकर्ड गरेर आगामी २० अप्रिलसम्ममा पठाउनु पर्नेछ । 

सिंगिङ आइडलको आयोजक गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व युवा समितिका संयोजक राज रेग्मीले प्रतियोगीहरूको सुझाबअनुसार समय थपेको बताए । रेग्मीले एक साताभित्रै ‘ग्लोबल एनआरएन सिंगिङ आइडल’मा सहभागी हुन चाहनेहरूलाई भिडियो पठाउन अपिल गरे ।

सबै क्षेत्रको सुझाबका आधारमा अडिसनको मिति थप गरिएको र आगामी शुक्रबार (३० अप्रिल) सम्म डिजिटल अडिसन रहने उनको भनाइ छ । ‘संगीत साधनामा लागेका सबै युवालाई मेरो अनुरोध छ, सकेसम्म चाँडै भिडियो पठाएर ग्लोबल एनआरएन सिंगिङ आइडलमा सहभागी हुनुहोला, यो प्रतिस्पर्धाले गायन क्षेत्रमा तपार्इंको नवीन यात्रा प्रारम्भ हुनेछ,’ रेग्मीले भने ।

सिंगिङ आइडलका विजेताले सात लाख रुपैयाँ पाउनेछन् । यसअघि प्रथम पुरस्कारको राशि दुई लाख रुपैयाँ तोकिएको थियो । यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौँ पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्रान्ड फिनालेमा प्रवेश पाउने पाँचजना प्रतियोगीलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिनेछ ।

सुझावित समाचार