अमृत डिस्टिलरीको लिम्पिया ह्विस्की बजारमा

बुधबार, ८ बैशाख, २०७८
डिजिटल संस्करण

कञ्चनपुरको अमृत डिस्टिलरीले लिम्पिया ह्विस्की बजारमा ल्याएको छ । बेलौरी नगरपालिका–९, शिवनगरमा रहेको उद्योगले लिम्पिया ह्विस्की बजारमा ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनिमेषकुमार मिश्रले जानकारी दिए । उनका अनुसार आइसल्यान्डबाट स्कोच अर्थात् स्प्रिट ल्याएर उच्च कोटीको मदिरा उत्पादन गरिएको छ ।

हाल कम्पनीले ७५० एमल र १८० एमलको परिमाणमा मदिरा प्याकिङ गरेको छ । ‘यसको सुपथ मूल्य, तर बढी सन्तुष्टि छ,’ ‘कार्यकारी अधिकृत मिश्रले भने, ‘आमउपभोक्ताको चाहनाअनुरूप बजारमा ल्याएका छौँ ।’ 

अमृत डिस्टिलरी प्रालिका प्रबन्ध निर्देशक पीताम्बर जोशीले नेपालको ऐतिहासिक लिम्पिया नामलाई पहिचान गराउनका लागिसमेत अमृत डिस्टिलरीले उक्त ब्रान्ड नयाँ वर्षको अवसरमा बजारमा ल्याएको बताए ।

उपभोक्ताको चाहनाअनुरूप कम्पनीले नयाँ ब्रान्डको स्तरीय मदिरा बजारमा ल्याएको प्रबन्ध निर्देशक जोशीले बताए । ‘हाम्रो चाहना पैसा कमाउने मात्र होइन, ओझेलमा परेको ठाउँको पहिचान गराउने पनि हो, ‘प्रबन्धक जोशीले भने, ‘आफ्नो ठाउँको पहिचान गराउन खोजेका छौँ ।’

अमृतले यसअघि विभिन्न ८–१० ब्रान्डका आधुनिक मदिरा बजारमा ल्याइसकेको बताउँदै उनले लिम्पियारालाई विदेशी बजारमा समेत लैजाने बताए । अमृतले लिम्पिया ब्रान्ड बजारमा ल्याइसकेपछि नेपालको ऐतिहासिक ठाउँको प्रचार–प्रसार हुने हरेक नेपालीलाई आफ्नो ठाउँको अपनत्व हुनेछ । 

सुझावित समाचार