मोटरसाइकलको ट्रायलमा नक्कली परीक्षार्थी, दुई पक्राउ

मंगलबार, ७ बैशाख, २०७८
डिजिटल संस्करण

मोटरसाइकलको ट्रायल परीक्षामा नक्कली परीक्षार्थी भेटिन थालेका छन् । पैसा लिएर अर्काको ट्रायल दिने प्रवृत्ति भेटिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ। 

आइतबार गुर्जुधारास्थित ट्रायल सेन्टरमा दुईजना पक्राउ परेका छन् । धादिङका सरोज अधिकारीको ट्रायल दिने मकवानपुरका वसन्त मगरलाई प्रहरीले पक्राउ गरेको हो । 

अधिकारीलाई पनि पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटमा बुझाइएको यातायात व्यवस्था कार्यालय ठूलो भर्याङका सूचना अधिकारी उपेन्द्र शाहले बताए । मगरले ट्रायल पास गरेका थिए । पछि शंका लागेर सोधपुछ गर्दा एकको परीक्षा अर्काले दिएको पुष्टि भएको हो ।

See More On

सुझावित समाचार