जिल्ला प्रशासन कार्यालय पर्साले सडकमा मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न सुरु गरेको छ । छिमेकी मुलुक भारतमा तीव्र रूपमा संक्रमण बढेकाले त्यसको प्रत्यक्ष असर सीमा जोडिएको पर्सामा परेपछि मास्क नलगाई हिँड्नेलाई प्रहरीले सोमबारदेखि जरिवाना गर्न थालेको हो ।
संक्रामक रोग ऐन, २०३० बमोजिम जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनअनुसार पर्सा प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरूले मास्क नलगाई हिँड्नेलाई कारबाही गर्ने कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
विनामास्क बजारमा भेटिएकाहरूलाई प्रहरीले समातेर एकपटकका लागि सय रुपैयाँ जरिवाना तिराउने तथा सम्झाइबुझाई मास्क नलगाई घरबाहिर ननिस्कने सर्तमा एक थान मास्क वितरण गरी छोडेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
उनका अनुसार बिहानैदेखि प्रहरीले वीरगन्ज महानगरपालिकाको घन्टाघरचोक, माईस्थान, भानुचोक, रानीघाटलगायतका ठाउँमा मास्कविना हिँडेकाहरूलाई कारबाही गरेको छ । घन्टाघर, माईस्थान र श्रीपुरमा विनामास्क भेटिएका ८२ जनालाई प्रहरीले जनही सय रुपैयाँका दरले जरिवाना तिराएको छ ।
वीरगन्ज महानगरपलिकालगायतका अन्य सबै पालिकामा माइकिङ तथा जनचेतानामूलक कार्यक्रम पनि गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्सामा मास्क नलगाउनेलाई कारबाही
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
३ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
३ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
कपिलवस्तुका सिडिओले दिए राजीनामा
४ हप्ता अघि
सुझावित समाचार
कोशी प्रदेशमा साताभर मौसम बदली, हिमाली क्षेत्रमा हिमपात र केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । कोशी प्रदेशमा आगामी साताभर मौसम बदली रहने तथा हिमाली क्षेत्रमा हिमपात र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेक…
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान गरेका छन् । आजदेखि ती…
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, तीन घाइते
सुनसरी । सुनसरीको कोशी गाउँपालिका– १, लौकहीस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा एकजनाको…
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि भारत जाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत भ्रमणमा निस्कने भएका छन्। शुक्रबारदेखि तीन द…
बिहीबार १० बजेसम्मका प्रमुख १० खबर
एनपिएलका सबै खेललाई आइसिसीको आधिकारिक मान्यता नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय…
मौलिक भाषाको संरक्षणका लागि कानुनी प्रक्रिया अघि बढाउँछौँ : मुख्यमन्त्री थापामगर
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले नेपाल भाषासहित प्रदेशका सबै मौलिक भाषाको संरक्षण, संवर्द्धन र व्यावहारिक …