विराट गोल्डकप : सशस्त्र प्रहरी र पन्जाब पुलिसबीच फाइनल

शुक्रबार, ३ बैशाख, २०७८
डिजिटल संस्करण

रात्रिकालीन समयमा विराटनगरमा जारी छैटौँ विराट गोल्डकपको फाइनल नेपालको सशस्त्र प्रहरी र भारतको पन्जब पुलिसबीच हुने भएको छ ।

विराटनगरको सहिद मैदानमा बिहीबार साँझ सम्पन्न अन्तिम सेमिफाइनलमा  संकटा ब्वाइज क्लब काठमाडौंलाई पन्जाब पुलिसले १–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ । 

सुझावित समाचार